करेन्ट लागेर युवकको मृत्यु

Death body

काठमाडौँ । रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नवलपरासी घर भई रुपन्देही तिलोत्तमा नगरपालिका–१ बस्ने ३० वर्षीय धर्मेदर सहनीको मृत्यु भएको हो । सोमबार दिउँसो अन्दाजी साढे १ जबेतिरको समयमा तिलोतमा नगरपालिका–९ कालीगण्डकी पथस्थित यज्ञमुर्ति बस्यालको घरमा मार्बल लगाउने क्रममा अचानक करेन्ट लागि सहनी घाइते भएका थिए ।

घाइते अवस्थामा क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । प्रहरी टोलीले घटनास्थल लासजाँच मुचुल्कालगायतका प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि ५ नम्बर प्रादेशिक अस्पताल बुटवल पठाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...