दुर्घटनामा एकको मृत्यु, दुई घाइते

Accident news

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–३ अमरदहमा तीव्र गतिमा रहेका टेम्पो र मोटरसाइकल ठोक्किँदा आइतबार साँझ एक जनाको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १३ प १७८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट टेम्पो एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक सुनवर्षी–२ का २० वर्षीय सुनिल खत्वेको मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारका अनुसार दुर्घटनामा टाउको र अनुहारमा चोट लागेर खत्वे घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरको गोल्डे अस्पताल ल्याइपुर्‍याउन साथ चिकित्सकले साँझ ७.३० बजेतिर मृत घोषित गरेको जानकारी पोदारले दिए। मोटरसाइकल, टेम्पो र टेम्पो चालक सुनवर्षी–९ का ३८ वर्षीय मोहमद महफिललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। उर्लाबारी–आमबारी सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख २०४० नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को ३२ प २३७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–६ का ३८ वर्षीय तेजबहादुर राई र पछाडि सवार उनकी आमा ६५ वर्षीया मायादेवी राई घाइते भएको पोदारले बताए। उनका अनुसार तेजबहादुरको दाहिने हातमा र मायादेवीको छात्तीमा चोट लागेको छ ।

दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ। टिपर चालक मोरङको लेटाङ नगरपालिका–९ का ३५ वर्षीय सोमनाथ सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...