गुल्मीमा छोराले गरे आफ्नै बाबुको हत्या

Hatyd ohoto

गुल्मी । गत राति गुल्मीको इस्मामा छोराको आक्रमणबाट बाबुको ज्यान गएको छ । इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ टोलका ६० वर्षीय दिलबहादुर बस्नेतलाई उनकै छोरा अनिल बद्नेतले धारिलो हतियारले आक्रमण गर्दा ज्यान गएको हो ।

मरणासन्न अवस्थामा रहेका उनलाई उपचारका लागि पाल्पा पठाइएको र त्यहाँबाट बुटवल पठाउने क्रममा गए राति नै मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए ।

आइतबार साँझ करिब ७ बजेको समयमा अन्दाजी २५ वर्षीय छोरा अनिलले मदिरा सेवन गरी विवाददका क्रममा बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । उनी रातिदेखि नै फरार रहेको र खोजि कार्य भइ रहेको डिएसपी पन्तले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...