भक्तपुरमा बसभित्र सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ

Arested 1

भक्तपुर । जिल्लामा एक किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बा ३ ख २६१२ नम्बरको बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० का २२ का निरकुमार खड्का र सहचालक जुगल गाउँपालिका–४ पाङताङका २१ का सूर्य श्रेष्ठ छन् ।

उनीहरुले शुक्रबार बिहान काठमाडौं रत्नपार्कमा लठ्याउने औषधि खुवाई ती किशोरीलाई बस चढाएर भक्तपुर ल्याएको र शनिबारसम्म बसभित्र सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुले सूर्यविनायक र चाँगुनारायण नगरपालिका–८ लिवालीस्थित तवियाखुशी खोलाको किनारमा बसभित्र किशोरीलाई करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी केशवकुमार थेवेले बताए । उनका अनुसार तवियाखुसी खोला किनारको पार्किङ गरी राखेको बा ३ ख २६१२ नम्बरको बसको मात्रै नम्बर खुलेको छ ।

पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत भक्तपुरमा पेस गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा ७ दिन म्याद थप गरेको उनले बताए । सामूहिक बलात्कार आरोपी एक जना फरार छन् । ती व्यक्तिको खोजतलास भइरहेको डीएसपी थेवेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...