सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

Accident new

मकवानपुर । भीमफेदीमा आइतबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। भीमफेदी गाउँपालिका ६ गढीस्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका अन्य पाँच जनालाई उपचारका लागि हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...