५ लाख २२ हजार नगदसहित १८ जना जुवाडे पक्राउ

Arested 1

दाङ । प्रहरीले पछिल्लो समय जुवालाई केन्द्रीत गरेर अप्रेसन सुरु गरेको छ। चाडपर्व नजिकिँदै गएको र जुवा खालहरु बढीरहेको सूचनाका आधारमा केहि दिनदेखि दाङ प्रहरी जुवा नियन्त्रण अभियानमा लागेको छ । प्रहरीले ५ लाख २२ हजार १ सय १५ नगदसहित १८ जना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले राप्ती गाउँपालिकाबाट १० र पश्चिमको बबई गाउँपालिकाबाट ८ जना गरी १८ जना जुवाडेलाई जुवाखालबाटै पक्राउ गरेको दाङ प्रहरी प्रवत्ता सुमित खड्काले जानकारी दिए ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले पुर्वमा राप्ती गाउँपालिका ८ सिसहनिया बजारको दर्शन खाजा घरको कोठाबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती–७ का ३७ वर्षीय दिपेन्द्रविक्रम शाह, राप्ती–५ का २९ वर्षीय मोहन गाहामगर, रोल्पाको सुनिलस्मिृति गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय नारायण रोकामगर, राप्ती गाउँपालिका वडा नम्बर ८ का ३० वर्षीय श्याम गुरुङ रहेका छन् ।

राप्ती–२ का २८ वर्षीय बसन्त बेलबासे, वडा नम्बर ४ का ३० वर्षीय लक्ष्मण गिरी, वडा नम्बर ५ का ३० वर्षीय छोटेलाल चौधरी, वडा नम्बर ८ का ४५ वर्षीय बेलसिंह भैयामगर र वडा नम्बर २ का ३८ वर्षीय युवराज बुढा पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेका उनिहरुको साथबाट २ लाख ६० हजार १२५ नगद र ४६ गड्डी तास बरामद गरेको जर्नाएको छ ।

यस्तै प्रहरीले पश्चिम दाङको बबईबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले बबई गाउँपालिका वडा नम्बर ३ धनुबासस्थित केशव भन्ने केशकुमार विकको घरमा जुवा खेलिरहेको अवस्थामा २ लाख ६१ हजार ९९० नगदसहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घर धनि केशकुमार बिक, सोहि ठाँउका ४३ वर्षीय लोकबहादुर खड्का, ४९ वर्षका पर्साराम बिक, २४ वर्षका शेरबहादुर बिक र प्रेम पुन, बबई–४ सुन्दरखालका ३२ वर्षीय बिमल भन्ने बिनबहादुर घर्ती, २९ वर्षका बिक्कि नेपाली र २९ वर्षीय भिमबहादुर भन्ने भन्ने भाइलाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्काले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...