श्रीमतीलाई कालोमोसो दलेर दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ

Arested 1

काठमाडौँ । हुम्लामा पर पुरुषसँग सम्बन्ध राखेको आरोपमा श्रीमतीको कपाल मुडेर कालोमोसो दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन् । सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार भएको यो घटनामा संलग्न रहेका सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिए । उनका अनुसार श्रीमानसहित पक्राउ परेका सातैजनाले दिसा खुवाएको बाहेक अरु सबै अपराध स्वीकारेका छन् ।

पीडित महिलालाई केही गाउँलेहरुको सहयोगमा उद्धार गरेर शुक्रबार नै जिल्ला प्रहरी कार्यालय ल्याइएको र अहिले संरक्षणका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको डीएसपी सुवेदीले जानकारी दिए ।

‘पर पुरुषसँग प्रेम सम्बन्ध राखेको आरोपमा महिलामाथि अमानवीय व्यवहार भएको छ, घटनामा संलग्न उनका श्रीमानसहित सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ’, सुवेदीले भने, ‘ महिलाले कसैसँग प्रेम रहेको कुरा झुटो रहेको बताएकी छन् ।’परपुरुषसँग सम्बन्ध राखेर ‘गाउँको इज्जतमा दाग’ लगाएका कारण कारबाही गरेको पक्राउ परेकाहरुले बताएको डीएसपी सुवेदीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...