रौतहटमा १६ वर्षीया किशोरीको हत्या, उखु बारीमा भेटियो शव

Dead body 860x573 yu4fnfyud3 12

रौतहट । रौतहटमा एक किशोरीको हत्या गरेको अवस्थामा शव फेला परेको छ। रौतहटको वृन्दावन नगरपालिका ४ की एक बालिकाको घाँटी थिचेर हत्या गरेको अवस्थामा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ।

रौतहटको गढीमाई नगरपालिका १ स्थायी घर भई वृन्दावन नगरपालिका ४ मामाघरमा रहँदै आएकी १६ वर्षीया किशोरीको उखु बारीमा शंकास्पद अवस्थामा शुक्रवार साँझ शव फेला परेको छ ।

बिहान १० बजेतिर घरबाट घाँस काट्न गएकी सीताराम साहकी १६ वर्षीया छोरी अबेरसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो । खोजतलासको क्रममा गाउँदेखि पूर्व रहेको नहर नजिकैको उखु बारीमा घाँटी थिचेर हत्या गरिएको शंकास्पद अवस्थामा उनको शव फेला परेको हो ।

उखुखेतमा भएको घटना शंकास्पद रहेको र घटनाको विषयमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...