सेती नदीको खोँचमा खसेर एकयुवकको मृत्यु

Dead ihx8ctnygo 19

काठमाडौँ । पोखरामा सेती नदीको खोँचमा खसेर शुक्रबार एकजनाको मृत्यु भएको छ भने अर्को एकजना मृत फेला परेका छन् । शुक्रबार बिहान करिब ९ः२० बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ९ र १० जोड्ने चाइनापुलमुनि सेती नदीको खोँचमा नाम, थर नखुलेको अन्दाजी २० वर्षका एक व्यक्ति खसेका थिए ।

युवक खोँचमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उद्धारका लागि गएको प्रहरीसँगै स्थानीयले करिब ११ः१५ बजे अर्धचेत अवस्थामा उद्धार गरेको थियो ।

खटिएको टोलीले उद्धार गरी उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...