खोलामा बगेर बाजुरामा एकै परिवारका ५ जना बेपत्ता

Nadi bepatta

बाजुरामा एक परिवारका ५ जना सदस्य बगेर बेपत्ता भएका छन् । शुक्रबार दिउँसो २ बजेतिर नुहाउने क्रममा हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा सोही ठाउँकै धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपाली, ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोषी, १ वर्षीया छोरी किस्मती नेपाली र २ वर्षीया छोरा सम्मान नेपाली रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।

नजिकैको कवाडी प्रहरी चौकीका असई कर्ण बुढाको नेतृत्वमा ६ जनाको प्रहरी टोली र स्थानीयहरुले उनीहरुको खोजी कार्य गरिरहेका छन्। घटना शंकास्पद पनि रहेकोले त्यही अनुसार अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

थप खोजाी कार्यका लागि जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक योगेन्द्र ठगुन्ना नेतृत्वमा ११ जनाको प्रहरी टोली पनि घटनास्थलमा गइरहेको छ। भोलि बिहान मात्रै त्यहाँ पुग्ने प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...