गाई काटेर खाएको आरोपमा स्याङ्जाका तीन पक्राउ

Pakrau2020 10 02 08 00 35

स्याङ्जा । गाई काटेर खाएको आरोपमा स्याङ्जाका तीन जना पक्राउ परेका छन् । गल्याङ नगरपालिका–९ जौबारी स्थित नारायण भुसालको बाँझो जग्गामा गाई काटेर खाने स्थानीय ३८ वर्षीय नारायण भुषाल, गल्याङ नगरपालिका ८ बस्ने २४ वर्षीय डोलुराम नेपाली र वालिङ नगरपालिका १३ बस्ने ३२ वर्षीय राम बहादुर सार्की पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

जिउँदो गाई काटेर मासु भाग लगाई टाउको र खुट्टा खाडल खनी पुरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी, पशु चिकित्सक र पशु प्राविधिक सहितको टोलीले स्थलगत अनुसन्धान गरेका थिए । स्थलगत अनुसन्धान गर्न पुगेका उनीहरुले जौबारी स्थित खाडल खोतलेर हेर्दा गाईको टाउको, चारवटा खुट्टा, आन्द्राभुडी कुहेर दुर्घन्धित अवस्थामा फेला परेको डिएसपी अधिकारीले जनाए ।

यस्तै आरोपित नारायण भुषालको घरमा सुकाई राखेको गाईको मासु समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेको छ । उनीहरुलाई ‘पशु सम्बन्धि कसुर मुद्दा’ मा स्याङ्जा जिल्ला अदालतबाट २५ दिनको म्याद लिई अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...