दसैंलाई लक्षित गरि उपत्यकामा ५० हजार खसीबोका ल्याइने

Khasi boka goat 346x188

काठमाडौं । आउँदो दसैंलाई लक्षित गरेर उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने भएको छ । दसैंमा खसीबोकाको माग उच्च हुने भएकाले सोही अनुसार व्यवसायीले भित्र्याउने तयारी गरेका हुन् । यो वर्ष ५० हजार संख्यामा खसीबोका भित्र्याउन लागिएको हो । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्र्याउन लागेका हुन् ।

दसैंमा सवैले अनिवार्य रूपमा मासु खाने भएकाले अन्य समयको तुलनामा खसीबोका खपत धेरै हुने गर्छ । यो वर्ष पनि दसैंमा उपत्यका ५० हजार खसीबोका खपत हुने व्यवसायीले अनुमान गरेका हुन् । दसैंलाई लक्षित गरेर निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्न सुरु गरिसकेका छन् ।

अहिलेदेखि नै बजारमा खसीबोका भित्रिने क्रम बढ्दै गएको व्यवसायीको भनाइ छ । कोरोनाको संक्रमण बढ्दै गए पनि उपत्यकामा खसीबोकाको खपत भने नघटेको व्यवसायीको भनाइ छ । दसैंमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा भित्रिने अनुमान गरिएको व्यवसायी दिपक थापाले जानकारी दिए ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चाइनाबाट खसीबोका आउने उनले जानकारी दिए । अहिले दैनिक एक हजारको संख्यामा खसीबोका भित्रिने गरेका छन् ” उनले भने, “घटस्थापना सुरु भएपछि ठूलो संख्यामा उपत्यकामा भित्रिन्छन् ।” यो वर्ष अघिल्लो वर्षको तुलनामा प्रतिकेजी २० देखि ३० रुपैयाँ मूल्य बढ्न गएको उनको भनाइ छ ।

लकडाउनदेखि नै उपत्यकामा नियमितरूपमा खसीबोका आयात भइरहेको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार गत वर्ष जिउँदो प्रतिकेजी ५६० देखि ५७० रुपैयाँ रहेको खसीबोकाको मूल्य बढेर ६ सय रुपैयाँ पुगेको छ । स्थानीय उत्पादनले माग धान्न व्यवसायीले भारतबाट खसीबोका ल्याउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...