मोरङमा बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट

Boksi

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । केही दिनदेखि धामीझाँक्रीको काम गर्दै आएकी स्थानीय २९ वर्षीया धनहीरा राईले छिमेकी ३८ वर्षीया महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गरिएको भिडियोसहित पीडित पक्ष बिहीबार बिहान प्रहरी कार्यालय पुगेपछि घटना बाहिर आएको हो।

पीडित पक्षले किटानी जाहेरी दिएसँगै कुटपिटमा संलग्न धनहीरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले चिन्ता बस्दा प्रयोग गरेको त्रिसूलले प्रहार गर्दा र घोच्दा महिलाको शरीरभरी चोट रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

आफ्नो शरीरमा धामी उत्रिएको भन्दै धनहीरा थाल ठटाएर मंगलबारसाँझबाट आफ्नै घरको बरण्डामा चिन्ता बसेकी थिइन् । त्यही चिन्ता हेर्न आएकी छिमेकी महिलालाई धनहीराले बुधबार बिहान ४ः३० बजेतिर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धामी बस्दा प्रयोग गरेको त्रिसूलले प्रहार गरिएकी महिलाको पेट, हात, काँध, पाखुरा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । चोट लागेको ठाउँबाट धेरै रगत पनि बगेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएर उठ्न नसक्ने बनेकी पीडित बुधबार दिनभर ओछ्यानमै थला परेकी थिइन् ।

चिन्ता बसेको ठाउँमा आएर जथाभावी गरेको र बोक्सीको तन्त्रमन्त्र गर्दैै धामीविद्यामा असर पुर्‍याएको भनेर आफूलाई धनहीराले कुटपिट गरेको पीडितले बताएकी छन् । पीडित महिलाका श्रीमान अर्को बिहे गरेर तीन वर्षदेखि झापाको सुरुङ्गामा बस्दै आएको खुलेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...