पेप्सिकोलामा ग्यास बिस्फोट, ५ जना घाइते

Cylinder blast cp4aaaznqz

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामास्थित पेप्सिकोलामा ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ । खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ । ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...