काठमाडौंका यी स्थानमा आज बिहानदेखि बिजुली जाने

Bijuli electric light 768x527

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनाअनुसार रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बिजुली बन्द गरिने जनाएको छ । यी स्थानमा साढे २ घण्टा विद्युत् बन्द गरिने छ ।

यसअन्तर्गत सिंहदरबारभित्र मन्त्रालय, सिहंदरबार दक्षिण गेट बाहिर न्युरो हस्पिटल, काठमाडौं जिल्ला अदालत, सडक विभाग, सिंहदरबार उत्तरतर्फ, लोकसेवा आयोग, महालेखा नियन्त्रण कार्यालय, सिंहदरबार वैद्यखाना र बानेश्वर वितरण केन्द्रतर्फका सबै स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

साथै प्राधिकरणको सूचनामा भनिएको छ, ‘ग्राहक वर्गमा पर्न गएका असुविधाप्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्ने जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...