बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

Accident news

वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा–१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार उनीहरु तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश २—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो । ठक्कर दिने बसका चालक हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...