३५ लाख रुपैयाँ भन्दाबढी मूल्यको अवैध सुन सहित दुई जना पक्राउ

Sun chori

काठमाडौ । प्रहरीले अबैधरुपमा भित्रिएको सुन सहित दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय त्रिभुबनबस्ती कञ्चनपुरको संयुक्त टोलीले शनिवार करिब आधा किलो सुन सहित दुई जनालाई समातेको हो। पक्राउ पर्नेहरूमा डोटी के।आई। सिह गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय को मोहन कामी र १९ वर्षीय सुनिल भुजेल रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले ४ सय ४० ग्राम सुन फेला पारेको हो। कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर ११ डोकेबजार स्थित सीमा नाका क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरू माथि शङ्का लागेर चेक गर्दा तयारी सुनका गरगहना सहित प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले बरामद गरेको सुनको मूल्य अहिलेको बजार मूल्य ३५ लाख रुपैयाँ भन्दा बढी पर्छ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...