ताप्लेजुङमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार, अवस्था गम्भीर

111111111

ताप्लेजुङ । ताप्लेजुङमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार भएको छ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथि धारिलो हतियार प्रहार गरेका छन् । उनीहरुको अवस्था गम्भीर छ । स्थानिय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षिया ठूलि आमा फुटी भोटे, ठुलो बुवाको छोरा ३६ वर्षिय पासाङ भोटे र १८ वर्षिय छिरिङ भोटेलाई मध्यराति टाउको र गर्धनमा बाम्फोक प्रहार गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए ।

गम्भिर घाइते तिनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भइरहेको र गम्भीर घाइते तिनै जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ लैजाने तयारी गरिएको प्रजिअ चापागाईँले बताए । सो क्षेत्रमा एम्बुलेन्स पुग्न नसक्ने भएका कारण हेलिकप्टरबाट लैजान लागिएको हो ।

बाम्फोक प्रहार गर्ने लाक्पा फरार रहेकाले उनको खोजीकार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। घटनास्थलमा प्रहरी चौकी याम्फुदिनका असइको नेतृत्वमा ३ जनाको टोली पुगेको र ईलाका प्रहरी चौकी तेल्लोकबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको डिएसपी श्रेष्ठले बताए । घटनास्थल इलाका प्रहरी कार्यालय तेल्लोकबाट ८ घण्टाको पैदल दुरीमा पर्छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...