पाल्पाको रम्भामा पहिरो जादा ३ घर पुरिए, ६ जना बेपत्ता

Pahero dhadhing

तानसेन । पाल्पाको रम्भामा पहिरो जादा ३ घर पुरिए ६ जना बेपत्ता भएको छ । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । पहिरोमा परेर हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिदा उनीहरु वेपत्ता भएका हुन् ।

त्यस्तै अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिकोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...