विद्युत प्राधिकरण कपिलवस्तुको गाडी बाढीले बगायो, चालकको मृत्यु, दुई बेपत्ता

Badhi gadi ptq7iu4jfr

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ कपिलधामस्थित भलवाडको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण कपिलवस्तुको गाडी बगाएको छ । वा. १ ज्ञ १०८९ नं. को गाडी बगाउँदा गाडी चालक गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ५ का ३५ वर्षीय माधव पाण्डेको मृत्यु भएको छ ।

त्यस्तै कार्यालयका शाखा प्रमुख ५३ वर्षीय कृष्ण प्रसाद पौडेल र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. १३ का ६२ वर्षीय जीत बहादुर भाट क्षेत्री बेपत्ता छन् । सोही गाडीमा सवार अन्य चार जना भने पौडी खेलेर बाँच्न सफल भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रहरीले पौडी खेलेर ज्यान जोगाउनेहरूमा २८ वर्षीय विजय पोखरेल, ३९ वर्षीय परसुराम चौधरी र ३२ वर्षीय कपिल पन्त रहेको जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बनगाईदेखि ८ किलोमिटर उत्तरतर्फबाट बगाएको गाडी समेत फेला नपरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, कजवे तर्ने क्रममा देविराम पोखरेलको लु १२ प ३५०३ नम्बरको होण्डा बाइक बाढीले बगाएको हो । वाणगंगा ९ साविक भलवाड जिल्लाको सुगम वडा भए पनि वर्षातको समयमा दुर्गमको रूपमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...