१०४ किलो गाँजासहित तीनजना पक्राउ

Gaja omrayt2rns

हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिकामा १०४ किलो लागूऔषधी र गाँजासहित तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मनहरिको टोलीले मंगलबार बिहान मनहरि–६ स्थित लोथर खोलाको बगरबाट उनीहरुलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–९ का २६ वर्षीय रुप खड्का ठकुरी, ३० वर्षीय टलकबहादुर घलान र २७ वर्षीय मदन कोइराला रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । प्लास्टिकको बोरामा भारी बनाइ बोकेर लैजाँदै गर्दा उनीहरुलाई नियन्त्रण गरिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...