बली चढाउन भारत लैजान लागिएको आशंकामा किशोरीको उद्धार

Resque neqk42lgb8

सुनसरी । सुनसरीकी १७ वर्षीया एक किशोरीलाई बली चढाउन भारत लैजान लागेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । उनलाई विराटनगरमा पर्ने इस्लामपुरको बाटो हुँदै भारत लैजाने क्रममा उद्धार गरिएको हो ।

घटनाको प्रकृति र कनेक्सन हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका रहेको मोरङ प्रहरीले बताएको छ । किशोरीलाई भारत लैजाने काममा संलग्न तीजना पक्राउ परेका छन् ।

सप्तरी विष्णुपुर ५ का २८ वर्षीय सुमितकुमार मण्डल, सप्तरीको तिलाठीकैलाडी १ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका ३ घर भएका सुनसरी रामधुनी ५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल पक्राउ परेका हुन् । घटना गम्भीर देखिएका कारण विभिन्न कोणबाट अनुसन्धान थालिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...