लमजुङमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

Chatyanag kalikatimes 960x640 1

लमजुङको बेसीशहरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । सोमबार साँझ चट्याङ लागेर बेसीशहर नगरपालिका ६ पुमागाउँका ४२ वर्षीय सन्ते विक घाइते भएका थिए ।

घाइते भएका विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । यसैगरी चट्याङ लागेर सोही वडामा बस्ने २२ वर्षीया चिजा गुरुङ घाइते भएकी छन् । उनको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...