पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु

Drowning in flood

विराटनगर । मोरङका ग्रामथानमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका २ छोरीहरु १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका रहेका इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

आइतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्किएपछि खोजी गर्दा पोखरीभित्र शव फेला परेको ढकालको भनाइ छ। मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ। उनीहरुको के कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...