पत्रकार निर्मला मृत्यु प्रकरणः दुई जना पक्राउ

Journalist nirmala paharai 768x452

कैलाली । शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेकी निर्मला पराई प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । पहलमानपुरकी रिया भनिने २० वर्षीया धना साउद र ललित जाग्रीलाई गरेको कैलाली प्रहरीले जनाएको छ ।

मृतकका परिवारले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम राणाले बताएका छन् । मृतकका परिवारले कैलाली एफएममै कार्यरत पत्रकार ललित जाग्री र धना साउदबिरुद्ध किटानी जाहेरी दिएका छन् । जाग्रीलाई युवतीको शव फेला परेकै दिन शुक्रबार प्रहरीले पक्राउ गरिसकेको थियो ।

मृतक र उनको बीचमा ललित जाग्री कसको प्रेमि भन्ने विषयमा विवाद भएको बुझिएको प्रहरीले जनाएको छ । ललितको टिकटकको भिडियोमा लाइक गरेपछि उनीहरुबिच विवाद सुरु भएको अनुसन्धानमा देखिएको छ ।

बुधबारदेखि बेपत्ता २३ वर्षीया निर्मलाको शुक्रबार दिउँसो वडा नं ५ स्थित फुलबारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । शव पोष्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...