ट्रकको ठक्करबाट बालिकाको मृत्यु

Balika death

धादिङ । पृथ्वी राजमार्गअन्तरगत धादिङको थाक्रे गाउँपालिका ६ महादेव वेशीमा कन्टेनर ट्रकको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको ना ३ ख ५१८३ नम्बरको डिब्बा ट्रकले ठक्कर दिँदा स्थानीय ३ वर्षीया बालिका सञ्चिता कार्कीको ज्यान गएको हो ।

घटनापछि केहीवेर अवरुद्ध भएको सवारी प्रहरी घटनास्थल पुगेर जाँचमुचुल्का गरेपछि सुचारु भएको छ । ठक्कर दिने कन्टेनर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै आइतबार नै बिहान गल्छी गाउँपालिका ६ सुत्केरीढुङ्गा नजिक पेट्रोल बोक्ने ट्यांकर त्रिशूली नदीमा खसेको थियो ।

वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख २८२२ नम्बरको ट्यांकर आइतबार बिहान २ बजेटिर सय मिटर तल त्रिशूलीमा खसेको थियो। भीरमा ठोक्किँदै खसेको ट्याङकर नदीको बीचमा पुगेपछि आगो लागेको थियो । आगो लागेपछि धुनीबेशी नगरपालिकाको दमकल बोलाएर आगो निभाइएको थियो ।

घटनामा चालक र सहचालकले हाम फालेर ज्यान जोगाएको प्रहरीले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा स्टेरिङ भाँचिएपछि दुर्घटना भएको चालकको उदृद्ध गर्दै प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस