पेरिसडाँडाबाट बालिका खड्का प्रहरी नियन्त्रणमा

Balika khadaka

काठमाडौं । आफूलाई पटक पटक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यौन हिंसा गरेको आरोप लगाउने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिसडाँडास्थित कार्यालयमा प्रवेश गर्न खोजेपछि आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रहरी सहायक निरीक्षक विवेक विसुङ्खेले जानकारी दिए।

उनले भने, ‘सचिवालय बैठक अगावै उहाँ कार्यालय पुग्नु भएको रहेछ। शंकास्पद गतिविधि गरेको देखिएपछि उनलाई पक्राउ गरिएको हो।’ प्रहरीले महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखेर उनीमाथि आवश्यक अनुसन्धान सुरु गरेको छ।

पछिल्लो समय उनी आफू शेरधनकी श्रीमती भएको दावी गर्दै नाता कायम गरेर अंश दिलाई पाउँ भनि अदालतसम्म पुगेकी थिइन्। तर प्रमाण पुर्‍याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता केहि दिन अगाडि मात्र लिएकी छन्। काठमाडौं जिल्ला अदालतले कार्तिक १८ गतेलाई तारेखसम्म तोकिसकेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...