महोत्तरीमा पिकप र मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

Accident new

बर्दिबास । महोत्तरीको बर्दिबास–६ किसानगरमा पिकप र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना स्थानीय देव बहादुर खपाङ्गी र प्रमोद रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईले जानकारी दिए ।

विपरीत दिशाबाट आइरहेको पिकप र मोटरसाइकल शनिबार साँझ दुर्घटना परेको हो। मोटरसाइकमा सवार तीन जना मध्य चालक प्रमोद र अर्का देवबहादुरको मृत्यु भएको हो । देवबहादुर नेपाली सेनामा बन्दोबस्ती सिपाही पदमा कार्यरत छन्।

दुर्घटनमा परेर गम्भीर घाइते भएका उनीहरुको धनुषास्थित लालगढ मोडेल हस्पिटलमा उपचार गर्न लगिएको थियो । त्यहाँ प्राथमिक उपचार गरी थप उपचारका लागि प्रमोदलाई धरान र देवबहादुरलाई काठमाण्डौं पठाइएको थियो । प्रमोदको धरानमा र देवबहादुरको बाटोमै मृत्यु भएको डीएसपी चापागाईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...