मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

Accident new

दाङ । मोटरसाइकलको ठक्करबाट दाङको शान्तिनगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–६ सुनडबरी निबासी ५० बर्षका आइते रोका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा३प १०९४ नम्बरको मोटरसाईकलले करिब ४ बजे पछाडिबाट ठक्कर दिँदा घाइते भएका रोकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक रोकालाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पातल तुलसीपुरको शव गृहमा राखिएको छ । ठक्कर दिने मोटरसाईकल सहित चालक शान्तिनगर गाउँपालिका–४ शान्तिपुर निबासी थमन कडेललाई चिराघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

यसैविच बिजौरीमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको लु ६०प४७१८ र विपरित दिशाबाट आउँदै गरेको लु३प५९५८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा रुकुमको बाँफीकोट गाउँपालिका–१२ निबासी ४१ बर्षका शेरबहादुर खत्री घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

बेहोस अवस्थामा रहेका खत्रीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । घटना दिउँसो सवा ४ बजे भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...