एक क्वीन्टल गाजासहित दुई जना पक्राउ

Arested 1

चितवन । प्रहरीले एक क्वीन्टल गाजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति नगरपालिका–११ का २४ वर्षीय पदमबहादुर मोक्तान र २५ वर्षीय दोर्जे तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । निजहरुको साथबाट गाजा बोक्न प्रयोग गरेको ना ३९ प २२५८ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक सूर्य थापाले गाजा बरामदपछि खोज तलासका क्रममा निजलाई बिहीबार दुई बजे भण्डारा चोकबाट पक्राउ गरिएको जानकारी गराए । उनका अनुसार इलाका प्रहरी कार्यालय भण्डाराको गस्ती टोलीले भदौ २१ गते राति राप्तीको दवाडीचोक नजिक पम्फा खोला किनारमा पाँच बोरा पोका बनाई राखेको एक क्वीन्टल गाजा बेवारिसे अवस्थामा बरामद गरेको थियो । सो पश्चात् अनुसन्धानका क्रममा उनीहरुलाई मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकालाई बिहीवार म्याद थप गरी अनुसन्धान थालिएको उनको भनाइ छ । सो घटनामा संलग्न रहेको आशंका गरिएको एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...