काठमाडौंको कागेश्वरी मनहरामा विष्फोटः एक महिला घाइते

1599871795.kathmandu biphot

काठमाडौं । काठमाडौंमा आज बिहानै विष्फोट हुँदा एक महिला घाइते भएकी छिन् । कागेश्वरी मनहरा नगरपालिका–९ मानेटारमा बिहान करिब ६ः०५ बजे ठूलो आवाजमा विष्फोट भएको थियो ।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएकी छिन् । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। विष्फोट मीराको भान्साकोठामा भएको थियो। विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको छ ।

घरमा मीरासँगै छोरी र श्रीमान रहे पनि भान्सामा उनी मात्र रहेकोबेला विष्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले असई रूपेन्द्र श्रेष्ठको नेतृत्त्वको प्रहरी टोली परिचालित भएको छ ।

ग्यास वा कुकर विष्फोट भएको अनुमान गरे पनि त्यस्तो नदेखिएकोले अन्य विष्फोटक पदार्थ नै विष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस