डोल्पामा जीप दुर्घटना, ५ घाइते, ३ गम्भीर

Accident logo

डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भ‍ीर रहेको प्रहरीले जानकारी दिएको छ । त्रिपूरा सुन्दरी नगरपालिकाको खदाङबाट वडा नम्बर ५ को फुल्चीङ जाने क्रममा लु १ च ४२२९ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा त्रिपूरा सुन्दरी नगरपालिका ५ वर्षीय २४ रामबहादुर रोकाया सोही वडाका २५ वर्षीय नरबहादुर रोकाया, वडा नम्बर ६ का १३ वर्षीय लोकचन्द्र बिक, २६ वर्षीय हिरा बिक र २५ वर्षीय निमा पुन रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

डीएसपी रञ्जितकारका अनुसार घाइतेहरुको उद्धार गरी सबैलाई जिल्ला अस्पताल ल्याउँदै गरिएको र चालक रामबहादुर रोकाया,लोकचन्द्र विक र नरबहादुर रोकायाको अवस्था भने गम्भीर रहेको बताए । प्रहरीले उद्धार गरी घाइतेहरुलाई जिल्ला अस्पतालमा पठाएको हो ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । डोल्पा राष्ट्रिय सडकमा जोडिए पनि कच्ची सडकका कारण दुर्घटना हुने गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...