अनामनगरमा श्रीमानले गरे श्रीमतीको बीभत्स हत्या

Hatya photo

काठमाडौं । काठमाडौं महानगरपालिका वडा न २९ अनामनगरमा महिलाको घाँटी रेटि बीभत्स हत्या भएको छ । वर्दिया घर भै अनामनगर बिगमार्ट नजिक डेरा गरि बस्ने ३६ वर्षीय अजय बिकले ३२ वर्षीय श्रीमती पार्वती खड्काको घाँटी रेटि हत्या गरेका हुन् ।

बिहिबार राती १० बजेतिर सामान्य झगडा हुँदा बिकले आफ्नै श्रीमती खड्कालाई घाटीमा चक्कुले हानेका थिए । श्रीमानको चक्कु प्रहारबाट गम्भीर घाइते भएकी खड्कालाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल हस्पिटल लगिएको थियो ।

तर खड्काको राती १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बिक श्रीमतीको हत्या गरेपछी आफैं अनामनगरस्थित महानगरीय प्रहरी बृत्त सिंहदरबारमा पुगेका थिए । उनले श्रीमती हत्या गर्न प्रयोग गरेको चक्कु शुक्रबार बिहान बिगमार्ट नजिक फेला परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...