मध्यरातमा जुवा खेल्ने ६ जुवाडे पक्राउ

Arested 1

जनकपुरधाम । महोत्तरीबाट ६ जना जुवाडे पक्राउ परेका छन् । गएराति १ बजे महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ११ पिगौनास्थित जिवछ चौधरीको घरमा जुवा तास खेली रहेको विशेष सूचनाको आधारमा ६ जनालाई नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

छ जनालाई २ लाख ५ हजार ३ सय १० नेपाली रुपैया तथा २ हजार ४ सय ४० भारतीय रुपैया सहित नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीले जनाएको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ११ पिगौनाका ४० वर्षीय जिवछ चौधरी, वडा नं.१ का ३६ वर्षीय धर्बेन्द्र चौधरी, अरुण कुमार झा, ४९ वर्षीय विजय गुप्ता, ३७ वर्षीय जिवन साह र वडा नं. २ का १८ वर्षीय देवराज कुमार साहलाई जुवा सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...