एकैपटक चार जना शिशुलाई जन्म दिएर बितिन् २२ वर्षीय युवति

Maternity death

जनकपुर । जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार चम्ल्याहा बच्चा जन्माएकी एक महिलाको आज दिउँसो मृत्यु भएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार साँझ शल्यक्रियामार्फत एकैपटक चार शिशुलाई जन्म दिएकी थिईन् ।

एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि हिजोदेखि नै डाक्टर अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

प्रसुती व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत बच्चा जन्माएकी थिईन् । अरमानाले शल्यक्रियामार्फत तीन छोरी र एक छोरा छन् ।

शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको छ । शिशुहरुको अवस्थासमेत अस्थिर देखिएको र अहिले चारै बच्चाहरुलाई आइसियुमा राखेर उपचार भईरहेको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...