माछा पोखरीमा करेन्ट लागेर दुईको मृत्यु

Mritu

भरतपुर । भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार रातिको समयमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।

पोखरी भाडामा लिएर माछा पाल्नेहरुले माछा चोरी भएपछि छोडेको बिद्युतीय तारबारमा उनीहरुलाई करेन्ट लागेको थापाले जानकारी दिए। मृतकहरुको साथमा जालसमेत रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...