पोखरीमा डुबेर दुईको मृत्यु

Drowning in flood

सर्लाही । पोखरीमा डुबेर सर्लाहीको बरहथवामा बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–३ हरजरियाका नवीनकुमार महतोको ३ वर्षीया छोरी पुनमकुमारी महतो र बरहथवा नगरपालिका–९ मुर्तियाका रामबाबु महतोको १७ वर्षीया छोरी पुनमकुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

हजरियाकी तीन वर्षीया बालिका घरजनिकै पानी खान गाडेको कलको खाल्डोमा डुबेर ज्यान गएको हो भने मुर्तियाकी १७ वर्षीया किशोरीको पोखरीमा फुलेको कमलको फूल टिप्न जाँदा डुबेर ज्यान गएको हो । मृतक दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...