गैरदलितबाट कुटिएका दलित समुदायको उजुरी नै दर्ता भएन, पीडित थप असुरक्षित

Kailai dalit kutpit

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ६ बछुरियामा शनिबार राती गैरदलित समुहबाट कुटपिटमा परेकाहरुले न्यायको अपिल गर्दा पहरी प्रशासनले न्याय दिलाउने प्रयाससमेत नगरेको पीडितहरुले गुनासो गरेका छन् ।

शनिबार राती झण्डै २ सय जनाका गैरदलित समुहले दलित बस्तीमा आक्रमण गरेका थिए । आफुहरुमाथि अन्याय भएको भन्दै पीडितहरुले ईलाका प्रहरी कार्यालय सुखडमा आक्रमणमा संलग्नहरुलाई कारवाहीको माग गर्दै उजुरी दिन खोजे पनि प्रहरीले उजुरी दर्ता गरेको छैन ।

गैरदलित समुहको आक्रमणमा परी स्थानीय सुनिल विक, भीम विक, करण विक, अनिल विक, नवराज विकसहित एक दर्जन दलित युवा घाइते भएका थिए । घाइतेमध्ये विकास विकको टाउकोमा गहिरो चोट लागेको छ । उनको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज अस्पतालमा रिफर गरिएको छ ।

पीडितहरुले खेमराज बम, ललित भण्डारी, दलबहादर भण्डारी, देवबहादुर भण्डारी, नुप भण्डारी, गोपी साउँद र डम्मर साउँद लगायतका समुहविरुद्ध पीडितले कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिन खोजे पनि सोमबारसम्म प्रहरीले उजुरी दर्ता गर्न मानेको छैन ।

बरु उल्टै मिलापत्र गराउन दवाव दिइरहेको छ । प्रहरीले नै उजुरी लिन नमानेपछि सो समुहले पटकपटक सो दलित बस्तीमा आउँदै जातीय रुपमा गालीगलौच गर्दै धम्क्याउने गरेका छन् । प्रहरी प्रशासनले नै पीडकलाई संरक्षण गरेका आफुहरु थप असुरक्षित बनेको पीडितहरुको गुनासो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...