पुजारी हत्याविरुद्ध एक दर्जन धार्मिक संस्थाले बुझाए सिडियोलाई ज्ञापनपत्र

Pujari rautahat

चितवन । रौतहट पुजारी हत्याको विरोधमा चितवनका विभिन्न धार्मिक संगठनहरुले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

रौतहट जिल्लाको हनुमान् मन्दिरका पुजारी श्रीराम शाहको हत्याको विरोधमा प्रमुख जिल्ला अधिकारी अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै धार्मिक सदभाव बिथोल्ने यस्ता कार्यको विरोध गरेका छन् उनीहरुले ज्ञापनपत्रमा घटनाको कारण र दोषी पत्ता लगाएर कानुन बमोजिम कारबाहीको माग गरेका छन् ।

ज्ञापनपत्रमा प्रत्येक मठ मन्दिर तथा गुम्बाहरुको सुरक्षाका निम्ति ठोस उपाय अवलम्बनको समेत माग गरिएको छ । उनीहरुले पछिल्ला केही दिनयता देशभर धार्मिक सदभाव भड्किने कार्य भइरहेकाले त्यसलाई रोक्न माग पनि गरेका छन् ।

सो घटनाको विरोधमा हिन्दु जागरण नेपाल चितवनका अध्यक्ष नीरज शर्मा काफ्लेद्वारा हस्ताक्षरित संयुक्त ज्ञापनपत्रमा श्रीलक्ष्मी वैकुण्ठनाथ मन्दिरका अध्यक्ष एवम महन्त श्री १००८ स्वामी जगन्नाथाचार्य, वैकुण्ठनाथ परम वैदिक विद्या प्रतिष्ठानका अध्यक्ष यमलाल कँडेल, मालिका मन्दिर हाकिमचोकका अध्यक्ष महाप्रसाद सिल्वाल, हरिकीर्तन धार्मिक संस्थाका अध्यक्ष हरिकीर्तन बाबा उमानाथ कँडेल, हरिकीर्तन वैदिक धर्मशालाका सचिव फूलनाथ निउरे, नेपाल ज्योतिष परिषद् चितवनका अध्यक्ष ज्यो. माधव सापकोटा, वैदिक धर्म परिषद् नेपालका उपाध्यक्ष ध्रुवराज शर्मा अर्याल, नेपाल स्वयंसेवक संघ वाग्मती प्रदेश अध्यक्ष विश्वनिधि अर्याल, गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाज, ब्राह्मण समाज चितवनका अध्यक्ष रुद्रप्रसाद पौडेल, ठकुरी समाज चितवनका अध्यक्ष भेषराज हमाल, शब्द चिन्तन संघका अध्यक्ष वरुण सिग्देलले ऐक्यवद्धता जनाएका छन् ।

त्यसैगरी राष्ट्रिय शक्ति नेपाल केन्द्रीय अभियन्ता अंगुर पन्त, श्रीवैष्णव परिषद् चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटा, वैदिक धर्म परिषद् चितवनका अध्यक्ष सावित्री कँडेल, वैदिक युवा परिषद् नेपालका अध्यक्ष प्रताप कँडेल, श्रीवैष्णव युवा परिषद् चितवनका अध्यक्ष वेदप्रसाद आचार्य, विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेमप्रसाद गैरे, श्रीवैष्णव महिला परिषद् चितवनका अध्यक्ष तुलसी निउरे, दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरी, वैदिक युवा परिषद् चितवनका अध्यक्ष अर्जुन सापकोटा, शब्द चिन्तन युवा संघका अध्यक्ष वरुण अधिकारी, वैदिक धर्म महिला परिषद् चितवनका अध्यक्ष सीता पण्डित लगायतले पनि ऐक्यबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...