बुटवलमा छतबाट खसेर एकको मृत्यु

Mritu

बुटवल । आफू बस्ने घरको छतबाट खसेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायाँदेवी गाउँपालिका वडा नंं ३ मा रहेको जगदम्बा धागो उद्योगमा काम गर्ने कमल खाम्चाको छतबाट खसेर मृत्यु भएको हो ।

पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर ८ घर भई जगदम्बा धागो उद्योगमा काम गर्ने २३ वर्षीय खाम्चाको आफू बस्ने घरको चारतला माथिको छतबाट खसेर मृत्यु भएको हो ।

खाम्चाको मृत्युपछि ईलाका प्रहरी कार्यालय बेथरीको टोलीले थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...