नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ

Iltaf husein aansari

प्रहरीले नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई बाराबाट पक्राउ गरेको छ । १५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका अन्सारीलाई बाराको निजगढबाट पक्राउ गरिएको प्रदेश नम्बर २ का प्रहरीले पुष्टि गरेको छ ।अन्सारीलाई आज बिहान निजगढबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

बारा घर भएका इल्ताफ भारतीय जाली नोट कारोबारीका नाइके पनि हुन् । जिल्ला अदालत ललितपुरले ०६७ जेठ २६ मा ईल्ताफलाई ३ बर्ष कैद र २ करोड ६१ लाख जरिवाना हुने फैसला गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...