पितृभोजको खिर खाएका २८ जना बिरामी

Khir1

काठमाडौँ । पाल्पाको रामपुरमा खिर खाएका २८ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७ मोहटीका ओमबहादुर सुनारका बुबाको निधन भएको १३ औँ दिनको पून्यतिथिका अवसरमा पकाइएको खिर खाएका आफन्त र छिमेकी बिरामी परेका हुन् ।

बिरामीको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ । केही आज र आइतबारदेखि बिरामी परेका थिए । सबै बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गरिएको रामपुर अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले जानकारी दिए ।

अधिकृत कोइरालाका अनुसार ‘फुडपोइजन’का कारण बिरामी परेको र बिरामीमा बान्ता हुने, ज्वरो आउने, पखला लाग्ने, टाउको दुख्ने र पेट दुख्ने लक्षण देखिएको छ ।

बिरामी हुनेमा रामपुर–७ मोहटी, कठानलगायत १८ देखि ५९ वर्षसम्मका पुरुष तथा महिला रहेका छन् । रामपुर–७ बाहेक अन्य क्षेत्रका आफन्त पनि भोजमा सहभागी भएका कारण बिरामीको सङ्ख्या बढ्न सक्ने रामपुर नगरपालिका–७ का वडासदस्य कमलराज भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...