जंगली च्याउ खाँदा आमाछोराको मृत्यु

Chau uvgbilt096

डडेलधुरा । डडेल्धुराको नवदुर्गा गाउपालिका वडा नंं. ३ मा जंगली च्याउ खाँदा ८ वर्षीय बालकको मृत्यु भएको ३ दिन पछि मंलगबार आमाको पनि मृत्यु भएको छ ।

साउन १० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका ५ जना विरामी भएका थिए । विरामी मध्ये ८ वर्षीय बालकको उपचारका लागी लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो र अन्य ४ जनाको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भईरहेको थियो ।

उपचारकै क्रममा मृतक बालककी आमा विस्ना धामीको मंगलबार अस्पतालमै मृत्यु भएको छ । उनकी तीन छोरीको पनि सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भईरहेको र एक जनाको स्वास्थ्य अवस्था गम्भीर भएकोले आईसीयुमा राखेर उपचार भईरहेको अस्पताल स्रोतले बताएको छ । जंगली विषालु च्याउ खाएका पाँचै जनालाई डडेल्धुरा अस्पतालले उपचारका रिफर गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...