बाढी पहिरो प्रभावित क्षेत्रमा एकीकृत बस्ती बसालिने मुख्यमन्त्री गुरुङको प्रतिबद्धता

Ps gurung

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाढी पहिरो प्रभावित क्षेत्रमा एकीकृत बस्ती बसाल्ने बताएका छन् । वर्षाका कारण बाढी पहिरोले घरबारबिहीन भएका नागरिकको सहज व्यवस्थापनको लागि एकीकृत बस्ती बसालिने बताएका छन् ।

मध्य नेपाल नगरपालिका बाढीपहिरो पीडितलाई आइतबार राहत प्रदान गर्दै मुख्यमन्त्री गुरुङले बाढीपहिरो प्रभावितको लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले भने, ‘बाढीपहिरो प्रभावित नागरिकलाई उचित व्यवस्थापनका लागि हामी लागेका छौँ । पीडितलाई बसोबासको व्यवस्था मिलाउन स्थानीय तहले जग्गा व्यवस्थापन गरेमा घर बनाइदिन्छौँ ।

एकीकृत बस्ती बसाल्छौँ ।’  मुख्यमन्त्री  गुरुङले बाढीपहिरो प्रभावितको व्यवस्थापनका लागि स्थानीय  प्रदेश सरकार र केन्द्र सरकार लागिपर्ने बताए । उनले खानेपानी, विद्युत, शिक्षा स्वास्थ्य र सडकको  आवश्यकताअनुसार प्रदेशमा प्राप्त भएको सूचना र जानकारीको आधारमा पीडितहरूको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्रीको उपस्थितिमा मध्यनेपाल नगरपालिका ६, लामासोतीको २७ घर र वडा नम्बर ९ को रातामाटाको दुई घर गरी २९ घरपरिवारलाई राहत प्रदान गरिएको छ ।
 
 
 

 
  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...