बन्दाबन्दीकै बिच डेढ करोडका कन्डम आयात

कन्डम किन्दा ५ वर्षमै ८० करोड बाहिरियो

26 of young canadian women say theyve ne 5d9625c59fad230001cb7623 1 oct 03 2019 16 49 31 poster

काठमाडौं । कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले गरेको चार महिना लामो लकडाउन अवधिमा १ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको कन्डम आयात भएको छ । लकडाउन अवधिमा २६ हजार ८ सय ७ केजी कन्डम आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

लकडाउन हुन अगाडि फागुन मसान्तसम्म नेपालले भारत तथा तेस्रो मुलकुबाट १२ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरका १ लाख ३ हजार ८ सय ७६ केजी कन्डम आयात गरेको थियो । तर, आर्थिक वर्षका अन्त्यसम्ममा आइपुग्दा नेपालले १३ करोड ९५ लाख ४५ हजार रुपैयाँ बराबरको १ लाख ३० हजार ६ सय ८३ केजी कन्डम आयात भएको छ ।

कोरोना संक्रमण न्यूनीकरणका लागि भन्दै सरकार गत आवका चार महिना लकडाउन गरेपनि परिवार नियोजनको अस्थायी साधन कन्डमको आयात भने बढेको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा समग्र आयात घटेपनि कन्डम आयात भने बढेको छ ।

गत आर्थिक वर्षमा नेपालले १२ देशबाट १ लाख ३० हजार ६ सय ८३ केजी कन्डम आयात गरेको छ। कन्डम आयातमा नेपालबाट १३ करोड ९५ लाख ५४ हजार रुपैयाँ विदेशीको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा भने नेपालले जम्मा १३ करोड ५३ लाख ४७ हजार रुपैयाँ बराबरको कन्डम आयात गरेको थियो । गत आर्थिक वर्षमा कन्डम आयातको परिमाण घटेपनि नेपालबाट विदेशिएको रकम भने बढी हो । अघिल्ला आर्थिक वर्षमा २ लाख २२ हजार ३ सय ६ केजी कन्डम आयात भएको थियो ।

कन्डम किन्दा ५ वर्षमै ८० करोड बाहिरियो
नेपालले ५ वर्षमा भारत तथा तेस्रो मुलुकबाट ८० करोड १० लाख २८ हजार रुपैयाँ बराबरको कन्डम आयात गरेको छ । परिवार नियोजको अस्थायी साधनमध्ये सबैभन्दा बढी प्रयोगमा आउने साधन कन्डम हो । त्यसमा पनि सबैभन्दा बढी भूकम्प आएपछि आर्थिक वर्ष २०७२/७३ मा बढी कन्डम आयात भएको छ ।

भन्सार विभागका अनुसार आव २०७२/७३ मा सबैभन्दा बढी २१ करोड ११ लाख ३ हजार रुपैयाँ बराबरको ४ लाख ५७ हजार ७ सय ७६ केजी कन्डम आयात भएको थियो ।

यसैगरी गत आर्थिक वर्ष २०७६/०७७ मा १३ करोड ९५ लाख ४५ हजार रुपैयाँ १ लाख ३० हजार ६ सय ८३ केजी कन्डम आयात गरेको छ ।

यस्तै आव २०७५/७६ मा १३ करोड ५३ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार ३ सय ६ केजी कन्डम आयात भएको छ । आव २०७४/७५ मा १९ करोड ९३ लाख ३९ हजार रुपैयाँ बराबरको ३ लाख ७ हजार ९ सय ९८ केजी कन्डम आयात भएको थियो भने आव २०७३/७४ मा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको १ लाख ८३ हजार २ सय ७७ केजी कन्डम आयात भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...