कपनकाे झाडीमा बाकसभित्र भेटिइन् बालिका (भिडियाेसहित)

Girl baby

काठमाडौं ।  एउटा तस्विर र भिडियाे अहिले सामाजिक संजाल फेसबुकमा भाइरल बनेकाे छ ।

सोमबार साँझ ६ बजेतिर बागमती अञ्चलको काठमाडौं जिल्ला कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको 'केयर बाल गृह' मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे ।

छेउको झाडीमा एउटा बक्सा थियो । बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो । घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो ।

कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए। उनीहरूले ती बालिकाको तस्बिर र भिडिओसमेत खिचे ।

भिडिओमा बालिकाहरूले 'हाम्रो घरमा लगम् न दिदी प्लिज । कस्तो क्युट छ हामीलाई मनपर्‍यो। हाम्रो बहिनी बनाउने नि प्लिज,' भनेको सुनिन्छ।

त्यतिन्जेल बालिकासँग गएकी निष्मा बोहोराले ‘मामु’लाई खबर गरिसकेकी थिइन् । उनीहरूकी 'मामु' पुष्पा अधिकारी हुन् । पुष्पाले 'केयर बाल गृह' मा १५ बालिका र एक बालकको हेरचाह गर्दै आएकी छिन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...