आलिताल गाउँपालिकामा नाइकेहरूकाे राज : ज्यान मार्ने धम्की दिँदै, दलित युवामाथि कुटपिट

Gopalkami

काठमाडाैं । आलिताल गाउँपालिका वडा नम्बर ४ डडेलधुरामा अज्ञात समूहले एक दलित युवामाथि कुटपिट गरेकाे छ ।

डडेलधुरा जिल्लाकाे आलिताल गाउँपालिका वडा नम्बर ४ मा हिजाे दिउसो करिब तीन बजे तिर उक्त समूहले आलिताल ४ रज्यौडा बस्ने नेपाल श्रमिक संगठन भारतका केन्द्रीय सूचना तथा संचार भिभाग प्रमुख २४ बर्षिय गोपाल कामीमाथि निर्घात कुटपिट गरेर घाइते भएका छन् ।

कुटपिट गर्नेहरुमा वडा नम्बर ४ का प्रमुख चन्द्रदेवका २१ बर्षिय छोरा तुसार बोहरा,भान्जा बरुण मडै र मान बहादुर साउदका छोरा २३ बर्षिय नबिन साउद सहितको ९ जनाको समूह मिलेर कुटपिट गरेकाे पिडित गाेपाल कामीले बताए ।

कुटपिट गर्नाको कारण सामाजिक संजालमा फेसबुकमा स्टाटस् लेखेकै कारण गोपाल कामीमाथि कुटपिट गरेकाे हाे।

तर कामीलाई कुटपिट गर्ने समूहमा वडा अध्यक्ष छोराको पनि सामेल रहेको हुँर्दा वडा अध्यक्षमाथि नै संक्का उत्पन्न भएकाे छ ।

पिडित कामीले वडा अध्यक्षले नै कुटपिट गर्न लगाएको आरोप लगाएको छ ।

केही महिना अघि मात्र उनले यस्तो स्टाटस् लेखेका थिए उक्त स्टाटस् जस्ताको तेस्तै….

याे माथिकाे स्टाटस् लेखेपछि कामीलाई फेसबुक फेक आईडीबाट ज्यान मार्ने धम्कीसमेत दिएको थियाे ।

हेर्नुहाेस् उक्त समूहले ज्यान मार्ने धम्की दिएकाे फेक आइडिबाट

कुटपिट गर्ने गरि मात्रै हैन ज्यान मार्ने गरी नै उक्त समूह आएको र कुटपिटमा परेर भाग्न सफल भएको घाइते कामीले बताए ।

तर भने याे बिषयमा प्रहरी प्रशासन माैन छ, किटानी जाहेरी दिन्दा समेत पक्राउ नगरेकाे स्राेतले जनाएकाे छ ।

यसै बिषयमा इलाका प्रहरी चौकी गोदामका इन्चार्ज जंगबहादुर चन्दसँग कुरा गर्दा उहाँले भन्नु भयो गोपाल कामी हिजो बेलुका हामी कहाँ आउनु भएका थिए म माथि कुटपिट भयो भनेर सुनाएका थिए। तेसपछि हामीले भन्यौ हस्पिटल रिपोर्ट लिएर आउनु भनेका थियाै उहाँले हस्पिटल रिपोर्ट लिएर आउनु भयो । अब के भएको रैछ यस बिषयमा आज हामी छलफल गरेर जानकारी दिने प्रमुख चन्दले बताए ।

यस बारे आलिताल गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष चन्द्रदेव बोहरासँग कुरा गर्दा याे बिषयमा मलाइ केही पनि जानकारी नै छैन् र फेसबुकमा केही लेखेकाे कुरा मात्र सुनेकाे थिए अध्यक्ष बोहराले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...