नक्कली कार्ड बनाएर भारतीय धमाधम नेपाल प्रवेश गर्दै

Nakkalicard

काठमाडौं । कोरोना फैलन नदिन अहिले अन्तराष्ट्रिय सिमा नाका बन्द गरिएको छ । अन्तराष्ट्रिय उडान पनि भदौ १ गते सम्मका लागि बन्द छ ।

तर नक्कली परिचय पत्र बनाएर भारतीय नागरिक धमाधम नेपाल प्रवेश गरेका कारण सिमानामा कोरोनाको खतरा बढेको छ ।

भारतमा अहिले कोरोना तिब्र रुपमा फैलिएको छ । भारत कोरोना फैलिने मुलुकमा विश्वको तेस्रो नम्बरमा छ भने एसियामा पहिलो नम्बरमा छ ।

सिमाना बन्द भएको बेलामा भारतीय नागरिकले नक्कली कार्ड बनाएर नेपाल प्रवेश गरेका छन् । यसरी प्रवेश गरेकाहरुलाई प्रहरीले रुपन्देहीको नाकामा नक्कली कार्ड बरामद गरेपछि यो रहस्य खुलेको हो ।

तर स्थानिय भने प्रहरीसंगकै मिलेमतोमा यस्तो काम भइरहेको भन्दै विरोध जनाएका छन् । क्लियरिगंमा काम गर्ने, भन्सारको एजेन्टका रुपमा उनीहरुले नक्कली कार्ड बनाएका छन् । रुपन्देही नाकामा संकास्पद ब्यक्तिलाई रोकेर खोजतलास गर्दा उनीहरुवाट नक्कली कार्ड फेला परेको हो ।

सीमामा खटिने प्रहरीलाई नक्कली आईडी कार्ड देखाउँदै भारतीयहरु सहजै नेपाल आइरहेका कारण सिमानाका क्षेत्रमा कोरोना खतरा बढेको भन्दै स्थानियले चिन्ता ब्यक्तगरेका छन् । रुपन्देहीको बेलहिया नाकामा यो क्रम तिब्र बढेको स्थानियले बताएका छन् ।

सशस्त्र प्रहरीले नक्कली आईडी कार्ड बनाएर नेपाल प्रवेश गरेका करिब एक सय जनाको कार्ड बरामद गरेको छ ।

उनीहरुलाई प्रहरीले भारत तर्फ नै फर्काइदिएको छ । नक्कली कार्ड बनाएर नेपाल प्रवेश गर्ने अधिकांश भारतीयहरु भन्सारमा काम गर्ने दलाल छन्।

यस्तै, नेपाली बजारमा व्यवसाय गर्ने र तस्करहरुसमेत अधिक छन्। स्थानियले भने प्रहरीले नै प्रवेश दिएका कारण उनीहरु नेपालको भन्सार सम्म आइपुगेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...