आजदेखि नेपालमा एकैसाथ दुइटा मौसमी प्रणाली सक्रिय, चार दिन भारी वर्षा हुने

Mausam

काठमाडौँ । आज (साउन १२) गतेदेखि चार दिन अर्थात् शुक्रबार (साउन १६ गते) सम्म देशभर व्यापक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ।

विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३–४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको हो ।

‘देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा तथा प्रदेश नम्बर १ र २ का थोरै स्थानमा भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागको विज्ञप्तिमा भनिएको छ ।

विभागका अनुसार साउन १३ गतेदेखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बहने जलसतह उल्लेख्य बढी र केही सतर्कता तह आसपास पुग्ने सम्भावना छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...