भीरबाट लडेर मृत्यु

Sharmila bista

बझाङ एक महिलाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ भण्डारकी २६ वर्षीया सर्मिला विष्टको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।

आइतबार विहान ७ बजे साथीहरुसँग घाँस काट्न भनेर घरबाट निस्किएको एक घन्टापछि उनी सडकमाथिको भीरबाट लडेर सडकको भित्तामा खसेर गम्भीर घाइते भएकी थिएन् । गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेततर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।

घाँस काटिरहेको अवस्थामा विष्ट चिप्लिएर खसेको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएपछि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हाे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...